ललितपुर : ग्वार्को स्थित एभरेष्ट बैंकबाट १० लाख रुपैंया निकालेर केही पर पुगे लगत्तै लुटिएको छ । साेमबार मिना माया तामाङले एभरेष्ट बैंकबाट १० लाख निकाली पैदल केही पर पुगे लगत्तै उनको ब्याग लुटेर २ जना भागेका थिए।
घटनाबारे जानकारी पाएर खोजीमा खटिएको प्रहरी टोलीले ग्वार्कोमा ब्याग लुट्नेमध्ये राम भण्डारीलाई फेला पारेको थियो । प्रहरीले उनको साथबाट ५ लाख रुपैंया मात्र फेला पा¥यो। ५ लाख लिएर हिडेका अर्का सरोज भण्डारी भने फेला नपरेको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।