PahiloPost

Dec 30, 2025 | १५ पुष २०८२

काँकडभिट्टा गोल्डकप : रुपन्देही–११ सेमिफाइनलमा



पहिलोपोस्ट

काँकडभिट्टा (झापा) : रुपन्देही-११ काँकडभिट्टामा जारी दोस्रो  मेची नेत्रालय काँकडभिट्टा गोल्डकप प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।
फ्यान्स क्लब बिआरसी भुटानलाई ३-१ गोल अन्तरले पराजित गर्दै रुपन्देहीले सेमिफाइनलको यात्रा तय गरेको हो।

रुपन्देहीका लागि दीपक राईले दोस्रो र ७१ औँ मिनटमा तथा लक्ष्मण रुचालले इन्जुरी समयमा एक गोल गरेका थिए। भुटानका लागि खेलको ८० औँ मिनटमा रमेश केसीले एक सान्त्वना गोल फर्काएका थिए।
 
प्रतियोगिता अन्तर्गत मङ्गलबारको खेल सशस्त्र प्रहरीको एपीएफ क्लब र सीएमजी सङ्कटा, काठमाडौँबीच हुनेछ।
 
काँकडभिट्टाको खेलमैदानमा पुस २३ गतेसम्म प्रतियोगितामा विजेता टिमले चार लाख एक हजार र उपविजेताले दुई लाख एक हजार पाउनेछन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell