PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

धम्क्याएको आरोपमा पक्राउ परे सेना-प्रहरीका पूर्व रासन ठेकेदार काजी



पहिलोपोस्ट

धम्क्याएको आरोपमा पक्राउ परे सेना-प्रहरीका पूर्व रासन ठेकेदार काजी

काठमाडौं : धम्क्याएर रकम मागेको आरोपमा कहलिएका गुण्डा काजी शेर्पा पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले जग्गा कारोवारीलाई धम्याएको उजुरीको आधारमा शेर्पालाई पक्राउ गरेको हो।

महाशाखाका प्रहरी अधिकारीका अनुसार शेर्पा विरुद्द ४ वटा उजुरी आएको छ । जसमा उसले धम्क्याएको देखिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए। 

उनलाई प्रहरीले सार्वजनिक अपराधको आरोपमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थपेर हिरासतमा राखेको छ।

सुरक्षा निकायका पूर्व ठेकेदार

आपराधिक गतिविधीमा सक्रिय भए पनि काजी नेपाली सेना र सशस्त्र प्रहरी बलको रासन ठेक्का लिन्थे। सोलुखुम्बुका उनको सुरक्षामा सशस्त्रले सुरक्षाकर्मी समेत दिएको थियो। ठमेलको रात्रीकालिन व्यवसायबाट आर्थिक हैसियत सुधारेका थिए।

पछि उनी सेना,प्रहरी र सशस्त्रको रासनको ठेक्कापट्टामा लागेका थिए। उनी बालुवाखानीका सञ्चालक समेत हुन्। भक्तपुरमा उनको बालुवा खानी छ।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell