.png)
काठमाडौं : पश्चिमी वायुको प्रभावले विभिन्न भेगमा हल्का वर्षा र हिमपात भएको छ । आइतबार पश्चिम नेपालबाट प्रवेश गरेको वायुको प्रभावले पश्चिमको पहाडी भेग तथा मध्य र पूर्वका सबै स्थानमा मौसम बदलिएको छ।
मौसमविद् शान्ति कँडेलका अनुसार अनुसार पश्चिमी वायु देशको मध्य भेग हुँदै पूर्वतर्फ अघि बढिरहेकाले मङ्गलबारदेखि क्रमिक रुपमा सुधार हुनेछ ।
मौसम बद्लीसँगै कतिपय स्थानमा वर्षा र हिमपात भएपछि काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ भने तराई भेगमा बाक्लो कुहिरो लागेको छ । आज साँझ काठमाडौँमा फाट्टफुट्ट वर्षा भएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार सोमबार सबैभन्दा जिरीमा ५.१, ओखलढुङ्गामा ३.८ र लुम्लेमा १.७ मिलिमिटर वर्षात् भएको छ । दीपायलमा ०.६ र जुम्लामा ०.३ मिमि वर्षा भएको छ ।
सोमबार काठमाडौँको न्यूनतम २.६ र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जिरीमा ऋणात्मक २ र सबैभन्दा बढी सिमरामा २७.५ डिग्री तापक्रम रहेको महाशाखाले जनाएको छ ।
राससको सहयोगमा
तस्विर : www.weather.com