PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

प्रिमियर लिग : दश खेलाडीको म्यान सिटीले बर्नलेलाई हरायो, लिभरपुल सण्डरल्याण्डसँग बराबरीमा रोकियो



पहिलोपोस्ट

प्रिमियर लिग : दश खेलाडीको म्यान सिटीले बर्नलेलाई हरायो, लिभरपुल सण्डरल्याण्डसँग बराबरीमा रोकियो

दश खेलाडीमा झरेर पनि म्यानचेष्टर सिटीले सोमबार प्रिमियर लिगको खेलमा बर्नलेलाई २-१ ले पराजित गरेको छ। 

घरेलु मैदान एतिहाड स्टेडियममा फर्नान्डिन्होले ३२ औं मिनेटमा सिधै रातो कार्ड पाएपछि सिटी दश खेलाडीमा झरेको थियो। तर दोस्रो हाफमा ४ मिनेटको अन्तरमा गेल क्लिची र सर्जियो अगुएरोले गोल गरेपछि सिटी जित हात पार्न सफल भयो।

क्लिचीले ५८ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए भने ६२ औं मिनेटमा बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेको अगुएरोले गोल गर्दै अग्रता दोब्बर पारे।

७० औं मिनेटमा बर्नलेका बेन मिले गोल गर्दै सिटीको अग्रतालाई छोट्याउने प्रयास गरेका थिए। तर त्यसपछि बर्नलेले सिटी एक खेलाडी कम रहेको फाइदा उठाउन सकेन। र अन्तत सिटी अग्रतालाई कायम राख्दै २-१ ले विजयी भयो।

जितपछि २० खेलबाट ४२ अंक जोडेको सिटी अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ। 

यता दोस्रो स्थानमा रहेको लिभरपुल भने सण्डरल्याण्डसँग २-२ गोलको बराबरीमा रोकिएको छ। लिभरपुलले दुई पटक अग्रता लिएर पनि जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो। सण्डरल्याण्डलाई लिभरपुल विरुद्ध अंक दिलाउन सण्डरल्याण्डका जर्मेन डेफोले २ गोल गरे। उनले ८४ औं मिनेटमा पेनाल्टीबाट बराबरी गोल गरे।

यसअघि १९ औं मिनेटमा ड्यानियल स्टुरिजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाउका थिए। २५ औं मिनेटमा डेफोले पेनाल्टीबाटै बराबरी गोल फर्काएका थिए। 

साडियो मानेले ७२ औं मिनेटमा गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाएपनि डेफोले नै बराबरी गोल गरे।
बराबरीपछि लिभरपुलको २० खेलबाट ४४ अंक भएको छ। 

लिगकै अन्य खेलमा साविक विजेता लेस्टर सिटी मिडल्स्ब्रोसँग गोलरहित बराबरीमा रोकिएको छ। यस्तै एभरटनले साउथह्याम्पटनलाई ३-० ले पराजित गर्दा बेस्टब्रोमलाई ३-१ ले पराजित गरेको छ।





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell