नवलपरासी : नवलपरासीको सुक्रौली गाविसले अपाङ्गता भएका व्यक्तिलाई जाडोका लागि कम्बल वितरण गरेको छ ।
चिसो मौसमका कारण समस्या नहोस् भन्दै ३१ जना अपाङ्गता भएका व्यक्तिलाई गाविसको लक्षित वर्गको बजेटबाट उक्त कम्बल वितरण गरिएको हो ।
सोमबार गाविसका सचिव ओमबहादुर चिदीले अपाङ्गता भएका व्यक्तिलाई कम्बल वितरण गरेका हुन्। रासस