PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​ओलीले बोलाए स्थायी समिति, सदनको अवरोधमा छलफल केन्द्रित



पहिलोपोस्ट

​ओलीले बोलाए स्थायी समिति, सदनको अवरोधमा छलफल केन्द्रित

काठमाडौं : समसामयिक राजनीतिक विषयमा छलफलका लागि नेकपा एमाले स्थायी समिति बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको छ। 

स्थायी समिति सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार सदनको गतिरोध र अन्य समसमयिक विषयमा बैठकमा छलफल हुनेछ । बैठकले सर्वोच्चको आदेश र आउँदो शुक्रवारको प्रतिपक्ष मोर्चाको प्रदर्शनको विषयमा पनि छलफल गर्नेछ।

सर्वोच्चको आदेशलाई सत्तापक्ष र प्रतिपक्ष दलहरुले आफु अनुकुल व्याख्या गरिरहेका छन्। 

संविधान संशोधन प्रस्तावको औचित्यमाथि प्रश्न गरिरहेको एमालेले संसदीय दलको बैठकमा प्रस्ताववारे छलफल गरेपनि पार्टीको उच्च फोरममा छलफल गरेको थिएन । स्थायी समितिको छलफलपछि संशोधन प्रस्तावमाथिको दलीय रणनीति थप तय हुनेछ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell