PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

मनी चेञ्जर सञ्चालकमाथि गोली प्रहार, लुटेराले लगे पाँच लाख



पहिलोपोस्ट

उर्लाबारी (मोरङ) : मोरङको विराटनगर–२१ मा गएराति अज्ञात समूहले गोली प्रहार गरी मनीचेञ्जर सञ्चालकको साथबाट रु पाँच लाख लुटेर लगेको छ।
 
को ११ प २३७४ नम्बरको मोटरसाइकलमा घर फर्कँदै गरेका क्रितेश मनी मन्जीचेन्जरका सञ्चालक विराटनगर–१९ का ४० वर्षीय बटेशकुमार साहमाथि गोली प्रहार भएको हो।
 
गोली प्रहार गरेर सो समूहले साहको साथमा रहेको रु पाँच लाख लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए।
 
दायाँ हात र दायाँ तिघ्रामा गोली लागेर घाइते भएका साहको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। दुई वटा मोटरसाइकलमा चार जनाको समूहमा आएका लुटेराको खोजी भइरहेको मोरङ प्रहरीले जनाएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell