PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

​प्रिमियर लिग : म्यानचेष्टर युनाइटेडको लगातार छैटौं जित



पहिलोपोस्ट

​प्रिमियर लिग : म्यानचेष्टर युनाइटेडको लगातार छैटौं जित

म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा लगतार छैटौं जित हासिल गरेको छ। लिगअन्तर्गत गएराती भएको खेलमा युनाइटेडले दश देलाडीमा झरेर खेलेको वेष्टहमलाई २-१ को हराउँदै लगातार जितलाई ६ खेलसम्म पुर्‌याएको हो।

वेष्टहमको घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जिताउन दोस्रो हाफमा हुँवा माटा र ज्लाटन इब्राहिमोभिकले १/१ गोल गरे। खेलको १५ औं मिनेटमै फेगौली रातो कार्ड सामना गर्दै मैदान बाहिरिएपछि वेष्टहम दश खेलाडीमा झरेको थियो। तर त्यसको फाइदा उठाउन युनाइटेडले लामा समय कुर्नुपर्यो। 

युनाइटेडलाई ६३ औं मिनेट माटाले गोल गर्दै अग्रता दिलाएका थिए। दोस्रो गोल इब्राहिमोभिकले ७८ औं मिनेटमा गरे।

१४ औं चरणमा एभटनसँग बराबरी खेलेयता युनाइटेडले लगातार ६ खेल जितेको हो। त्यसअघिको तीन खेल युनाइटेडले बराबरी खेलेको थियो। यस्तै युनाइटेडले जारी सिजन लिगमा अपराजित यात्रालाई ११ खेलसम्म पुर्‌याएको छ। नवौं चरणको खेलमा चेल्सीसँग ४-० ले पराजित भएयता युनाइटेडले हार बेहोरेको छैन।

जितपछि युनाइटेडले २० खेलबाट ३९ अंक जोडेको छ। टोटनहम समान अंक भएपनि गोल अन्तरमा युनाइटेड छैटौ स्थानमै यथावत छ।

टोटनहमले लिगमा आज शीर्ष स्थानको चेल्सीसँग प्रतिस्पर्धा गर्दैछ। चेल्सीको १९ खेलबाट ४९ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell