PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​सार्वजनिक भयो दिप्सनको 'याद'



पहिलोपोस्ट

​सार्वजनिक भयो दिप्सनको 'याद'

काठमाडौ: गायक दिप्सन क्षेत्रीको 'याद' बोलको गीत सार्वजनिक भएको छ। गीत म्यूजिक भिडियो सहित युट्युब मार्फत सार्वजनिक गरिएको हो।
 
'दिप्सनको दिप' एल्बममा सो गीत समावेश छ। गीतमा गायक क्षेत्रीकै शब्द तथा संगीत रहेको छ। गीत एरेन्ज भने सञ्जिब बराईलीले गरेका हुन्। श्री पराजुलीको निर्देशनमा तयार भएको भिडियोमा अनुजा शर्मा र उपेन्द्र अर्यालको फिचरिङ रहेको छ।

गायक भन्छन्,'दर्शक, स्रोताहरुले मन गीत र भिडियो दुबै मन पराउनेमा म विश्वस्त छु।' यूवा दर्शक लक्षित गरी भिडियो सार्वजनिक बनाएका दिप्सनले चाँडै “डर्टी दिप्सन” एल्बम बजारमा ल्याउन लागेका छन्।

दुबई र अष्ट्रेलियामा खिचिएको यो भिडियो भिडियले प्रेम कथा बोल्छ। हेर्नुस् भिडियो:

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell