PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

दलहरुले सहमतिका लागि समय मागेपछि संसद बैठक २४ गतेसम्मका लागि स्थगित



पहिलोपोस्ट

दलहरुले सहमतिका लागि समय मागेपछि संसद बैठक २४ गतेसम्मका लागि स्थगित

काठमाडौं : आज दिउँसो १ बजे बस्ने भनिएको संसद बैठक स्थगित भएको छ।
 
बैठक बस्नुअघि बसेको कार्यव्यवस्था परामर्श समितिकै बैठकमा दलहरुले सहमतिका लागि समय मागेकाले सभामुख ओनसरी घर्तीले २४ गते आइतबार सम्मका लागि बैठक स्थगित गरेको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए। अर्को बैठकमा अवरोधको अवस्था नआउने गरी सहमति खोजिने दलहरुको भनाइ आएपछि सूचना टाँस गरी बैठक ६ दिन पर सारिएको हो।
 
सोमबार दुई चरणसम्मको बैठक असफल भएपछि सभामुखले आज १ बजेका लागि बैठक बोलाएकी थिइन्।
 
मंसिर १४ गते राति सरकारले संविधान संशोधन दोस्रो विधेयक संसद् सचिवालयमा दर्ता गरेपछि प्रमुख दलहरुबीच ध्रुवीकरण बढेको छ। संशोधनमा प्रस्तावित सीमाङ्कनको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहितका दलहरुले प्रस्तावको विरोध गर्दै आएका छन्।
 
प्रतिपक्ष मोर्चाले मंसिर १६ गतेवाट संसद् अवरुद्ध गर्दै आएपनि संसद् सुचारुवारे कुनै सहमति जुट्न सकेको छैन। एक महिनाभन्दा लामो समयदेखि संसद् कार्यसूचीमा प्रवेश गर्न नसके पनि नियमित बैठक बसिरहेका छन्। संशोधन प्रस्तावको विषय वा प्रक्रियामा सहमति नभएसम्म प्रस्तावले सदनमा प्रवेश पाउने सम्भावना न्युन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell