PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

चन्दननाथ मन्दिरबाट चोरिएका मूर्तिसहित दुई शंख भेटियो



पहिलोपोस्ट

जुम्ला : मङ्सिर ११ गते जुम्ला चन्दननाथ मन्दिरबाट चोरिएका २१ मूर्तिमा एक दर्जन मूर्तिसहित दुई शङ्ख भेटिएका छन्।
 
आज बिहान ८ बजे प्रहरीले देपालगाउँ गाविसस्थित ढुङ्ग्री खोलामा फालिएको अवस्थामा ती सामग्री भेटाएको हो। भेटिएका मूर्तिमा पित्तलबाट निर्मित विष्णु, गणेश, बालगोपाल, मुकुट, पद्मासनमा बसेको अर्को मूर्ति, बुद्धको ठूला र साना दुई मूर्ति, बुद्धले ध्यान गरेको मूर्ति, कृष्ण बालगोपालले मुरारी समातेको मूर्ति, पत्थरबाट बनेको हनुमानको मूर्ति तथा पित्तल र तामाका भगवतीका दुई मूर्ति भेटिएको प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्लेले जानकारी दिए।
 
त्यसैगरी दाहिने शङ्ख एक र बायाँ शङ्ख एक तथा तीन रुद्राक्ष पनि भेटिएको बताइएको छ। 'हामीले सुराक पाएअनुसार सदरमुकामबाट बिहान डेढ घन्टाको पैदलपछि ८ बजे मात्र मूर्ति नियन्त्रणमा लिएका हौँ,' उनले भने। भेटिएका मूर्ति खोलाको किनारमा फालिएको अवस्थामा रहेको उनको भनाइ छ।
 
प्रजिअ रुद्रप्रसाद पण्डितले भेटिएका मूर्तिबाटै त्यसमा संलग्न हुनेलाई अनुसन्धान गर्न सहज हुने बताए। अहिले त्यस क्षेत्रमा सुरक्षा अवस्था बढाएर व्यापक खोजी भइरहेको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell