PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

तेह्रथुम संक्रान्ति बजारका आगलागी पीडितलाई एक करोड रुपैयाँ दिने प्रधानमन्त्रीको घोषणा



पहिलोपोस्ट

तेह्रथुम संक्रान्ति बजारका आगलागी पीडितलाई एक करोड रुपैयाँ दिने प्रधानमन्त्रीको घोषणा

तेह्रथुम (संक्रान्ति बजार) : तेह्रथुमको संक्रान्ति बजारका आगलागी पीडितहरुको पुनर्वासका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन्।
 
मंगलबार आगलागी भएको स्थानको निरीक्षणपछि बोल्दै प्रधानमन्त्रीले सहयोगको घोषणा गरेका हुन्। ‘आगलागीले बजार ध्वस्त भएको छ, तपाईंहरु घरबारविहीन हुनुभएको छ,' उनले भने, 'प्रधानमन्त्रीको नेतृत्वमा रहेको केन्द्रीय दैवीप्रकोप कोषबाट संक्रान्ति बजारका अग्निपीडितका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गर्दछु।'

उनले संक्रान्ति बजारमा दमकलको व्यवस्था गर्ने, खानेपानी समस्या समाधानका खानेपानी आयोजना सञ्चालन गर्ने, बजारको पुनर्स्थापना र व्यवसाय सञ्चालनका लागि बिनाधितो सहुलियत ऋण उपलब्ध गराउने, संक्रान्ति बजारमा नेपाल बैंक, कृषि विकास बैंकको शाखा कार्यालय स्थापना गर्ने, एम्बुलेन्सको व्यवस्था गर्ने पनि प्रतिबद्धता जनाएका छन्।
 
निरीक्षणपछि प्रधानमन्त्रीसहित जिल्लाका सांसद र जिल्ला दैवीप्रकोप उद्धार समितिका सदस्यहरुको बैठकले क्षतिग्रस्त ३२ घर र ५६ परिवारका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ।
 
गत पुस १ गते दिउँसो भएको आगलागीबाट संक्रान्ति बजारका ३२ घर नष्ट हुनुका साथै ५६ परिवारमा प्रभावित भएका छन्। आगलानीबाट १४ करोड ८ लाख क्षति भएको क्षति मूल्याङ्कन गरिएको प्रमुख जिल्ला अधिकारी मेनुका न्यौपानेले जानकारी दिइन्।
 
पीडितहरुलाई सरकारले प्रतिघर १० हजार राहत, सरकारको तर्फबाट अस्थायी टहरा बनाएको छ भने विभिन्न संघ संस्थाले खाद्यान्न लगायतका राहत सामग्री उपलब्ध गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell