PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

फेसबुकबाट ठगिएकासँग सिआइबीले माग्यो निवेदन



पहिलोपोस्ट

फेसबुकबाट ठगिएकासँग सिआइबीले माग्यो निवेदन

काठमाडौं :प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सामाजिक सञ्जाल फेसबुक मार्फत ठगिएकासँग उजुरी मागेको छ। फेसबुकमार्फत अपरिचित व्यक्तिहरुले साथी बनाएर च्याटिङकोक्रममा प्रलोभनमा पारेर ठगी गर्नेक्रम बढेको र केही ब्यक्ती पक्राउ परेको जानकारीदिँदै कोही ठगिएका भए उजुरी दिन आग्रह गरेको हो ।

ब्युरोको विज्ञप्तिमा फेसबुकमार्फत ठगी गर्ने सम्बन्धमा पीडितबाट व्यूरोमा निवेदन आएपछि अनुसन्धान गर्दा केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उल्लेख गर्दै ठगीने पिडीतहरुको संख्या बढ्न सक्ने देखिएकाले कोही व्यक्ति ठगिएको भए व्यूरोमा सम्पर्क गरी निवेदन दिन अनुरोध गरेको छ।

ब्युरोले केही दिन अगाडि फेसबुकमा मोबाइल किनवेचके पेज बनाएर सामान किन्न चाहनेलाई आफ्नो बैंक खातामा पैसा जम्मा गर्न लगाएर ठगि गरेको आरोपमा दिपेश सापकोटालाई पक्राउ गरेको थियो।
 
आफू सम्पन्न ब्यक्ति भएको भन्दै मित्रताको सम्झनाको चिनो स्वरूप बहुमुल्य उपहार पठाईदिएको भनी फोटो समेत राखेर पछि सामान लिन सेवा शुल्क वापतको रकम आफ्नो बैक खातामा जम्मा गर्न लगाएर ठगि गरेको आरोपमा अनिलनाथ श्रेष्ठ र अनिता महर्जनलाई पक्राउ गरेको थियो।

सामाजिक संजालमा अपरिचित व्यक्तिबाट आएको अनुरोध स्वीकार नगर्न सचेत गराउँदै उसले ९८५१२८३१४० वा [email protected] मा निवेदन दिन आग्रह गरेको हो ।
 
महानगरीय अपराध अनुसन्धान महाशाखाको तथ्याकङक अनुसार फेसबुक तथा सामाजिक संञ्चालबाट ठगिएको भन्दै दैनिक २ देखि ४ बटा सम्म उजुरी आउने गरेको छ । चालु आर्थिक बर्षको ५ महिनाको अवधिमा ५ सय वटा उजुरी परिसकेका छन् । आर्थिक बर्ष २०७२|७३ मा फेसबुक सम्वन्धी १३ सय ४८ उजुरी परेका थिए ।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell