PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

विश्वकै सेलिब्रिटी अपराधीलाई फ्यानहरुले भने 'यु डिजर्भ्स सेकेण्ड चान्स



पहिलोपोस्ट

विश्वकै सेलिब्रिटी अपराधीलाई फ्यानहरुले भने 'यु डिजर्भ्स सेकेण्ड चान्स

कुनै पनि अपराधी जेलमुक्त भएपछि कस्तो काममा लाग्ला? तपाईँलाई अनुमान गर्नुस् त।

एक यस्ता अपराधी छन्, जसले जेलमुक्त भएपछि जीवनशैली नै परिवर्तन गरे। 

यी हुन् विश्वकै हटेस्ट अपराधी जेमेरी मिक्स। जेलबाट मुक्त भएसँगै यी अपराधीको लाइफमा निकै परिवर्तन आएको छ। जेलबाट बाहिएपछि उनी सेलिब्रिटी बनेका  छन्।

आपराधिक समुहका सदस्य रहेका उनलाई क्यार्लिफोनियाको प्रहरीले सन् २०१४ मा अबैध हतियारको केसमा पक्राउ गरेको थियो। उनको भिडियो प्रहरीको फेसबुक पेजमा रखेपछि उनको चर्चा बढ्यो। भिडियो भाइरल भयो।

युवतीहरुले उनीसँगै आफुलाई पनि जेलमा राख्न आग्रह गर्दै शन्देस पाेष्ट गरे। नयाँ मोडलको खाेजिमा रहेका एजेन्सीहरु उनलाई अनुबन्ध गर्न प्रतिष्पर्धामा उत्रिए।गत वर्षको मार्चमा उनी जेलमुक्त भए र माेडलिङमा सक्रिय भए।

ह्याण्डसम देखिने यी अपराधी अहिले सामाजिक सञ्जालमार्फत सबैमाझ पुगेका छन्। जेलबाट मुक्त भएपछि ३२ वर्षे मिक्स अहिले सामाजिक सञ्जाल फिड्स मार्फत आफ्नो फ्यानसँग अपडेट रहन्छन्। उनको इन्स्टाग्रामको फोटो हेर्दा लाग्छ, उनी अहिले उच्च जीवनशैली अपनाइरहेका छन्। 


जेरेमी मिक्सले ठूलो बंगलाअगाडि पार्किङ गरिहरहेको कारमा आफ्नो फोटो खिचाएका छन्। उनले १ लाख २० हजार पाउण्ड मूल्य पर्ने कार अगाडि फोटो खिचे। 

उक्त फोटोको क्याप्सनमा उनले लेखेका छन्- 'गुड टु बी होम' एण्ड 'गड इज गुड।' यस्तै उनले आफ्नो परिवारसँगको फोटो पनि पोस्ट गरेका छन्। 
छोरोसँगको फोटोमा 'मिनी मि' भन्दै लेखेका छन् भने आफ्नी श्रीमतीसँग आठौं एनीभर्सरी मनाइरहेको र ५० औं वर्ष साथै चाहेको भन्दै फोटो पोस्ट गरेका छन्। 
 

 

Celebrating our 8 year anniversary today and 50 more to go. Through thick and thin! #blessed #loved #aniversary #marriage

A photo posted by JEREMY MEEKS (@jmeeksofficial) on

मिक्सले पोस्ट गरेको फोटोमा उनका फ्यानहरुले पनि 'यु डिजर्भ्स सेकेण्ड चान्स' जस्ता विभिन्न कमेन्ट गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell