PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​कुलमानका समर्थक एक घन्टा प्रहरी नियन्त्रणमा, सोधपुछपछि छाडियो



पहिलोपोस्ट

काठमाडौं : लोडसेडिङ हटाएर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको समर्थक एक घन्टा प्रहरीको नियन्त्रणमा परेका छन्।

प्राधिकरणका तीन सञ्चालकको विषयमा सर्वोच्च अदालतबाट आएको आदेशको विरोधमा बबरमहलमा विरोध प्रदर्शनमा उत्रिएका ३७ जनालाई प्रहरीले एक १ घन्टा नियन्त्रणमा राखेर मुक्त गरेको छ।

ऊर्जा मन्त्रालयले प्राधिकरणका तिन सञ्चालकलाई हटाउने निर्णयमा सर्वोच्चले निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
प्रर्दशनमा सहभागीले अदालतको आदेश खारेज गर्नुपर्ने लगायतका माग राखेका थिए।

सडक अवरुद्ध गरेको भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो। महानगरीय प्रहरी परिसर काठमाडौका निमित्त प्रमुख एसपी प्रधुम्म कार्कीका अनुसार सामान्य सोधपुछपछि सवैलाई नियन्त्रण मुक्त गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell