बलिउड स्टार सलमान खानले निर्माता तथा निर्देशक करण जोहरसँग मिलेर फिल्म निर्माण गर्ने भएका छन्। सलमानले सो फिल्ममा नायक अक्षय कुमार हुँदैछन्।
सलमानले माइक्रो ब्लागिङ साइट ट्विटर मार्फत फिल्म बनाउने घोषणा गरेका हुन्। फिल्मलाई पंजाबी हिट फिल्म सीरीज 'जट एंड जूलियट'का निर्देशक अनुराग सिंहले निर्देशन गर्ने जनाइएको छ।
Joining hands on a project where @akshaykumar is the hero and will be co produced by @karanjohar and #SKF https://t.co/1EXQ7Yjpdw
— Salman Khan (@BeingSalmanKhan) January 2, 2017
सोही प्रोजेक्टको विषयमा करण र अक्षयले पनि ट्विट गरेका छन्।
Coming together for a film produced by friends, @BeingSalmanKhan and @karanjohar, starring me! Out in 2018. pic.twitter.com/aOyfZS4p94
— Akshay Kumar (@akshaykumar) January 2, 2017
केहि समय यता फिल्म निर्माणमा सक्रिय रहेका सलमानले निर्माण गरेको पहिलो फिल्म हो 'चिल्लर पाटी'। अब नयाँ निर्माणमा भने अक्षय सलमान पुन: देखिदै छन्। यसअघि डेविड धवनको फिल्म 'मुझसे शादी करोगी'मा यि दुई देखिएका थिए।Truly a fraternity feeling when friends come together to make a special film!!! pic.twitter.com/Q2dgM8yEvG
— Karan Johar (@karanjohar) January 2, 2017