PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

हत्या गरेर फरार अभियुक्त दुई वर्षपछि पक्राउ



पहिलोपोस्ट

धनगढी : कैलालीको पहलमानपुर गाविसका एक व्यक्तिको हत्या गरी फरार रहेका भनिएका थापापुर गाविस–६ का २५ वर्षीय राजु चौधरीलाई दुई वर्षपछि प्रहरीले पक्राउ गरेको छ।
 
पहलमानपुर गाविसका प्रेमलाल चौधरीको हत्यामा निज राजु संलग्न रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जिकिर गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार घटनापछि फरार रहेका राजुलाई जनकपुर प्रहरी चौकी, कैलालीको टोलीले पक्राउ गरेको हो।
 
बेहडाबाबा मन्दिरमा लागेको मेला जान भनी घरबाट हिँडेका प्रेमलाललाई २०७१ असारमा उदासीपुरको जङ्गलमा मृत फेला पारिएको थियो।
 
पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालतमा पेस गरिएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell