PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

​नाटकमा अभिनय गर्दागर्दै नाट्यकर्मी फुँयालको निधन



पहिलोपोस्ट

​नाटकमा अभिनय गर्दागर्दै नाट्यकर्मी फुँयालको निधन

काठमाडौं : नाच घरमा नाटकमा अभिनय गर्दागर्दै कलाकार विष्णु भक्त फुयाँलको निधन भएको छ। बद्री अधिकारी निर्देशित नाटक  महर्षि याज्ञवल्क्यमा अभिनय गर्दागर्दै मञ्चमा काम्दै ढलेका फुँयाललाई अस्पताल पुर्याइए पनि उनको ज्यान जोगिन सकेन । बेलुका ६ बजे बीर अस्पतालमा उनको निधन भएको हो ।  



उनले सो नाटकमा राजा जनकको भुमिकामा अभिनय गरेका थिए। उनले दर्जनौ नेपाली चलचित्र र टेलिचलचित्रमा अभिनय गरेका छन् । फुयाँलको जन्म १९९४ भदौ २३ मा भक्तपुरमा भएको हो । उनले  नेवारी नाटक कर्मया भोग २०१९ मा अभिनय गरेर रञ्गमञ्चमा प्रवेश गरेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell