PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

आयोजक फिदिम स्पोटिङ क्लब फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा



पहिलोपोस्ट

आयोजक फिदिम स्पोटिङ क्लब फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा

पाँचथर : पाँचथरको फिदिममा जारी आठौँ अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा आयोजक फिदिम स्पोटिङ क्लब विजयी बन्दै सेमिफाइनल प्रवेश गरेको छ।
 
क्वाटरफाइनलमा फ्रेन्ड क्लब बिआरसी भुटानलाई २–० गोलले पराजित गर्दै आयोजक फिदिमले अन्तिम चारको यात्रा तय गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि फिदिमले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो। उसका लागि ६४ औँ ८३ औँ मिनेटमा सरन बस्नेतले दुवै गोल गरेका थिए।
 
फिदिमले सेमिफाइलमा बिर्ता युनाइटेड क्लब झापाको समना गर्नेछ।
बुधबार अन्तिम क्वाटरफाइनल खेलमा चर्च ब्वाइज काठमाडौं र कर्ण सिंह सोनाम स्मृति क्लब ताप्लेजुङबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
 
नेपाल, भारत र भुटानका गरी १० टोली सहभागी प्रतियोगिताका विजेताले दुई लाख ५० हजार र उपविजेताले एक लाख ७५ हजार प्राप्त गर्नेछन्। रासस
(फोटो गोलनेपाल डट कम)
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell