PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु



पहिलोपोस्ट

धनकुटा : धनकुटाको चानुवामा रुखले किचेर आज एक महिलाको मृत्यु भएको छ । 

दाउराका लागि उत्तीसको रुख ढाल्ने क्रममा किच्दा चानुवा–७ की ३६ वर्षीय कुमारी श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । 

आमा छोरा मिलेर रुख काट्ने क्रममा श्रेष्ठलाई रुख ढलेर थिचेको थियो । रुखले किचेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा मृत्यु भएको चानुवा प्रहरी चौकी प्रहरी सहायक निरीक्षक जुलुमकुमार चौधरीले बताए। 

यसैबीच छिन्ताङमा सोमबार राति भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । बाँस बिक्री गरेर फर्कने क्रममा छिन्ता–८ त्रिवेणीस्थित भिरबाट लडेर भोजपुर हसनपुर–२ का १९ वर्षीय अमृत राईको मृत्यु भएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell