PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​ओलीपछि प्रधानमन्त्रीसँग छलफल गरिन् सभामुखले, संसद सुचारु गराउने प्रयास



पहिलोपोस्ट

​ओलीपछि प्रधानमन्त्रीसँग छलफल गरिन् सभामुखले, संसद सुचारु गराउने प्रयास

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो २४ गतेसम्ममा आफुले प्याकेजमा सहमति जुटाउने दावी गरेका छन्।

संसदको प्रक्रिया सुचारु गर्ने विषयमा छलफल गर्न बालुवाटार पुगेकी सभामुख ओनसरी घर्तीसँग प्रधानमन्त्री प्रचण्डले संसदको कार्यसूचीमा रहेका निर्वाचन, संविधान संशोधन र महाभियोग प्रस्ताव लगायतका विषयमा आफूले प्रतिपक्षी सहितका दलहरुसँग छलफल गरिरहेको र सहमतिमा पुग्ने बताएका हुन्।

प्रचण्डले संसदको आउँदो बैठकमा संविधान संशोधनको विषयलाइ अवरोध हुने अवस्था आउन नदिने बताएका थिए।

सभामुख घर्तीले भने विषयमा सहमति नभए प्रक्रियामा भएपनि सहमति जुटाउन प्रधानमन्त्री सुझाएको उनका प्रेस सल्लाहकार बासुदेव शर्मा बबिनले जानकारी दिए।

'म आजै अहिले देखि नै सहमतिक लागि प्रयास गर्छु', प्रधानमन्त्रीले सभामुखसँग गरेको वाचाबारे शर्माले भने।

सभामुखले घर्तीले मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग समेत छलफल गरेकी थिइन्। उनले संसदको कार्यसूची अगाडि बढाउने विषयमा ओलीसँग संसद भवनमा छलफल गरेकी हुन्।

'सीमाङ्कनका विषयमा एमालेको अडानलाइ अदालतले साइट गरेको छ, त्यसलाइ मानेर जाने कुरामा संसद अगाडि बढ्छ', ओलीले सभामुख घर्तीसँग भनेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell