PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

५५ बन्दकर्ता प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

५५ बन्दकर्ता प्रहरी नियन्त्रणमा

काठमाडौं:  उपत्यका बन्द गराउदै हिँडेका ५५ बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कालिमाटी, गौशाला, बौद्ध, महाराजगञ्ज, टोखा, कलंकी, गोकर्ण, जोरपाटी, न्युरोड जाउलाखेल लगायतका स्थानबाट बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मुआव्जा नदिई सडक विस्तार भएको र समयमा नै काम नसकिएको भन्दै असन्तुष्ट उपत्यकाबासीले बन्दको आह्वान गरेका हुन् । बन्दको कारण उपत्यकाको जनजिवन केहि प्रभावित बनेको छ ।

सडकमा निजि सवारी साधन गुडे पनि सार्वजनिक सवारीसाधनको संख्या न्युन छ। महानगरीय प्रहरी परिसरका निमित्त प्रमुख प्रधुम्म कार्कीले सुरक्षा व्यवस्था कडा बनाएकाले निर्धक्क भएर सवारी चलाउन आह्वान गरेका छन् ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell