PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

घुरबाट सल्केको आगोले चारवटा घर जलायो



पहिलोपोस्ट

राजविराज : सप्तरीको बोरिया गाविसमा मंगलबार आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ। 

जिल्लाको बोरिया–२ बस्ने सूर्यनारायण मण्डलको गाईगोठमा बालेको घुरबाट अचानक सल्केको आगोबाट निजका चारवटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । साथै, घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन र तीनवटा साइकल जलेर नष्ट भएको छ। 

त्यस्तै, सोही आगोमा परी गोठमा रहेका आठवटा बाख्रासमेत जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगोलाई स्थानीयवासी र प्रहरीले निभाएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell