PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

​पुस्तकालयका लागि जापनी नागरिकवाट आर्थिक सहयोग



पहिलोपोस्ट

रामपुर : विजय प्राथमिक विद्यालय रामपुर–१० सर्पराजमा पुस्तकालय निर्माणका लागि आर्थिक सहयोग प्राप्त भएको छ। 

विद्यालयको मङ्गलबार ४६औँ वार्षिकोत्सव तथा ४७औँ अभिभावक दिवसका अवसरमा जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे)ले विद्यालयमा पुस्तकालय स्थापनाका लागि आर्थिक सहयोग गरेका हुन्। 

लामो समयदेखि नेपालमा रहेर सामाजिक सेवा गर्दै आउनुभएका जापानी नागरिक ओकेबाजेले यस विद्यालयमा पुस्तकालय स्थापनाका लागि रु एक लाख ३६ हजार नौसय १० सहयोग गर्नुभएको हो । 

सोही अवसरमा ओकेबाजेले कक्षा ४ र ५ का विद्यार्थीलाई पोसाकसहित शैक्षिक सामग्री र अन्य विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत हस्तान्तरण गरेका हुन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell