PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​कांग्रेस महोत्तरी सभापतिमा महेन्द्रकुमार राय पुनः निर्वाचित



पहिलोपोस्ट

बर्दिवास : नेपाली काँग्रेस महोत्तरीको १३औँ जिल्ला अधिवेशनबाट महेन्द्रकुमार राय पुनः सभापति पदमा विजयी भएका छन्। 

मङ्गलबार सदरमुकाम जलेश्वरमा सम्पन्न मतदानको अहिले बिहान सम्पन्न मतगणना परिणामअनुसार आफ्ना प्रतिस्पर्धी नागेश्वर यादवलाई एकसय ४१ मतले पछि पार्दै राय जिल्ला सभापति पदमा विजयी भएका हुन्। 

पछिल्ला २५ वर्षयता बीचको एक कार्यकालबाहेक सधैँ सभापति निर्वाचित भएका रायले पाँचसय दुई मत प्राप्त गरेको दलको निर्वाचन कार्यालयले जनाएको छ । रायका प्रतिस्पर्धी यादवले तीनसय ६१ मत प्राप्त गरेको कार्यालयका प्रमुख निर्वाचन अधिकृत ज्ञानेन्द्र रावलले जानकारी दिए। 

कुल नौसय ३५ मतदातामध्ये मङ्गलबार सम्पन्न मतदानमा आठसय ९० जनाले मतदान गरेका थिए । मतदाताले मतदान गर्दा कतिपय पदमा मत जाहेर नगरेको पाइएको छ। 

त्यसैगरी, सचिवमा शम्भुनारायण पाठक र कोषाध्यक्षमा किशोर प्रितम निर्वाचित भएका छन् । यी दुवै पदमा पाठक र प्रितमविरुद्ध क्रमशः मनोजकुमार चौधरी र विनोद महतो उम्मेदवार थिए। 

एक सभापति, एक सचिव र एक कोषाध्यक्षसहित संसदीय निर्वाचन क्षेत्र नं १ र ६ बाट एक÷एक महिलासहित पाँच÷पाँच जिल्ला कार्यसमिति सदस्य पदका लागि निर्वाचन भएको थियो । गत वर्ष हिउँदमा दलभित्रको स्थानीय किचलो र तत्कालीन सभापति सुशील कोइरालाको निधनका कारण जिल्ला अधिवेशन हुन सकेको थिएन। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell