
काठमाडौं: सुटिङका लागि पोखरा जाँदै गर्दा दुर्घटना भएपछि रोकिएको प्रेमगित २ को छायंकन शुरु भएको छ। दुर्घटनाका कारण निर्माता, निर्देशक र कलाकार घाइते भएका थिए। उपचारका लागि रोकिएको छायंकन त्रिपुरेश्वरस्थित कर्मा लाउन्जबाट पुन शुरु भएको हो ।
संगीत, ग्लसी दृश्य र प्रेमगीत १ ले निर्माण गरेको ब्रान्डका कारण फिल्म चर्चामा छ।
फिल्मका लागि लिडमा स्वस्तिमा खड्का र प्रदिप खड्का रहेका छन्। चारदिनसम्म लाउन्जमा चल्ने क्लब डान्स सुटिङमा स्वस्तिमा, प्रदीप र अश्लेषा ठकुरीको फिचरिङ रहनेछ।
सहनिर्माता ओम गुरुङले नरिवल फुटाएर सुचारु गरेको सुटिङमा स्वास्थ्य लाभपछि फर्किएका निर्माता सन्तोष सेन र निर्देशक रामशरण पाठक उपस्थित थिए।
‘स्कटिस थीममा हामीले गीत सुट गर्दैछौं । कथाको माग पनि यही हो’ नृत्य निर्देशक रिनशा राईले भनिन्, ‘वार्डरोव, डान्स र ब्याकड्रप फ्युजनमा मिहेनत गरेका छौं।’ १८ लाख खर्च हुने बताइएको उक्त डान्स सेटलाई भव्य तुल्याइएको छ।
निर्माता सेनका अनुसार सिनेमाको विश्व प्रिमियर म्यानमारको याङ्गुनमा रेडकार्पेटसहित हुने छ। राराताल, लुम्बिनीसहित फिल्मको बाँकी छायांकन थाइल्यान्ड र म्यानमारमा हुने आशुसेन प्रोडक्सनले जनाएको छ।