PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

​बसिलो प्रहार गरी हत्या, शव गाड्न लाग्दा अभियुक्त पक्राउ



पहिलोपोस्ट

चितवन : दक्षिण चितवनको माडीमा बसिलो प्रहार गरी एक व्यक्तिको हत्या भएको छ। 

माडी नगरपालिका–१२ स्थित बाँदरझुलाका ३६ वर्षीय रामलाल रोडाको बसिलो प्रहारबाट हत्या भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। 

हत्यामा संलग्न रहेको आरोपमा स्थानीयवासी २८ वर्षीया इन्द्रमायाँ चेपाङ र उनका श्रीमान सानु रुम्वालाई प्रहरीले पक्राउ गरेको छ । सानु रुम्वाको घरमा आएका बेला रोडालाई बसिलोले हानेर मारेको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक थापाले बताए। 

मङ्गलबार बिहान घटना भएपछि उनीहरुले जङ्गलमा खाल्डो खनेर शव गाड्न लाग्दा मात्रै प्रहरीले अपराह्न घटना थाहापाएको थियो । खोजतलासका क्रममा गएराति मात्रै प्रहरीले जङ्गलबाट बसिलो र शव फेला पारेको हो । प्रहरी उपरीक्षक थापाका अनुसार सानु रुम्वा काठमाडौँमा रहेको मौकामा रामलाल रोडा इन्द्रमायाँलाई भेट्न पुगेका थिए। 

सोही राती सानु रुम्वा एक्कासि घर आएपछि घटना हुन पुगेको अनुसन्धानमा पत्ता लागेको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि भरतपुर अस्पताल पठाएको र दम्पतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell