PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

उपत्यका बन्दको प्रभाव सामान्य, हेर्नुस् ८ फोटोमा

उपत्यका बन्दको प्रभाव सामान्य, हेर्नुस् ८ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : बन्दका कारण आज उपत्यकाको जनजीवन प्रभावित बनेको छ। मुआब्जा नदिई सडक विस्तार गरिएको र विस्थापितहरुको पुनर्स्थापना नगरिएको लगायत माग राखी काठमाडौं उपत्यकावासी सडक संघर्ष समितिले आज उपत्यकाभर बन्दको आह्वान गरेको छ।
 
बिहानैदेखि बन्द गरिएकाले सडकमा सार्वजनिक सवारीसाधन कम चलेका छन्। मोटरसाइकल सहितका निजी सवारीसाधन, टेम्पो र साना सवारी फाट्टफुट्ट गुडेका छन्। बन्दको प्रभाव सामान्य परेको छ। महानगरीय प्रहरी परिसरका निमित्त प्रमुख प्रधुम्म कार्कीले सुरक्षा व्यवस्था कडा बनाइएकाले निर्धक्क भएर सवारी चलाउन आह्वान गरेका छन्। उपत्यकाभित्रका विभिन्न ठाउँमा संघर्ष समिति गठन गरी बन्दको कार्यक्रम सार्वजनिक गरिएको हो। 
 
यसैबीच उपत्यका बन्द गराउदै हिँडेका ५५ बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कालिमाटी, गौशाला, बौद्ध, महाराजगन्ज, टोखा, कलंकी, गोकर्ण, जोरपाटी, न्युरोड जाउलाखेल लगायतका स्थानबाट बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो।


ट्रेन्डिङ पोस्ट

Ncell