PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नेपाली रुपैयाँ लिएर भारु साट्न वीरगन्ज छिरेका भारतीय नागरिक १४ लाखसहित पक्राउ



राधेश्याम पटेल

वीरगन्ज : साढे १४ लाख नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
 
जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्ज भन्सार क्षेत्रको रजतजयन्ती चोकबाट उनलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रक्सौल–९ का राजेशकुमार शाह रहेका छन्।
 
नेपाली रुपैयाँ लिई भारु १०० संकलनको लागि वीरगन्जमा आउँदै गर्दा उनी प्रहरीको फन्दामा परेका हुन्। पर्साका प्रहरी प्रवक्ता चक्रराज जोशीका अनुसार पछिल्लो समय सीमामा भारु साना दरको नोटको अभाव भएको र सोही मौकामा वीरगन्जबाट भारु संकलनको लागि नेपाली रुपैयाँ लिएर आउने क्रम बढेको छ।
 
रक्सौल कस्टम नजिक अवैध भारु सटही काउन्टरहरुले सहटीबाट प्राप्त गरेको नेपाली रुपैयाँ वीरगन्ज ल्याएर वीरगन्जबाट भारु साटेर फर्किने गरेको उनी बताउँछन्।
 
रक्सौलका सटही काउन्टरले भाडामा नेपाली नागरिकलाई  वीरगन्जस्थित नेपाल राष्ट्र बैंकबाट दैनिक रुपमा भारु साट्न परिचालन गरी भारी संकलन गर्ने गरेका छन्। कतिपयले वीरगन्जका मनीचेन्जरबाट कम दाममा भारु संकलन गरी सीमामा महँगोमा नेपाली रुपैयाँबाट भारु सटही गर्ने कार्य गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell