PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

सर्वोच्चमा प्रस्तावित न्यायाधीशको सुनुवाइ प्रक्रिया अघि बढ्यो, पत्र संसदमा



पहिलोपोस्ट

सर्वोच्चमा प्रस्तावित न्यायाधीशको सुनुवाइ प्रक्रिया अघि बढ्यो, पत्र संसदमा

काठमाडौं : न्याय परिषद्ले सर्वोच्च अदालतका लागि सिफारिस दुई न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउन संसदमा सिफारिस-पत्र पठाएको छ। न्यायाधीशको वैयक्तिक विवरणसहितको पत्र संसद सचिवालयमा दर्ता भएको हो।
 
परिषद्को पत्राचार अनुसार अब संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइका लागि पत्राचार भएका न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्नेछ। समितिले सामान्यतया उजुरीका लागि १० दिनको समय दिने गरेको छ। उजुरी प्राप्त भएपछि समितिले सुनुवाइको मिति तोक्नेछ।
 
न्याय परिषद्को सोमबारको बैठकले सर्वोच्चका लागि दुई न्यायाधीश सिफारिस गरेको थियो। परिषद्ले उच्च अदालतका वरिष्ठ न्यायाधीशबाट तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीलाई सर्वोच्चका लागि सिफारिस गरेको हो। सर्वोच्चमा अहिले दुई न्यायाधीशको दरबन्दी रिक्त छ।
 
सिफारिसमा परेका केसी उच्च अदालत विराटनगर र भण्डारी उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell