PahiloPost

Dec 30, 2025 | १५ पुष २०८२

प्रहरीमा ७८ जनाका लागि जागिर खुल्यो



पहिलोपोस्ट

प्रहरीमा ७८ जनाका लागि जागिर खुल्यो

काठमाडौं : नेपाल प्रहरीले ७८ जना कार्यालय सहयोगी पदमा भर्ना खुलाएको छ । प्रहरीको कार्यालय सहयोगी पदका लागी भर्ना खुलेको हो ।
 
प्रधान कार्यालयका अनुसार २०७३ पुस २६ बाट माघ २७ गतेसम्म दरखास्त दिन सकिनेछ।
 
इच्छुकले महानगरीय प्रहरी परिसर काठमाडौ, भक्तपुर र ललितपुर, पूर्व क्षेत्रिय प्रहरी तालिम केन्द्र विराटनगर, मध्य क्षेत्रिय तालिम केन्द्र सिन्धुली, पश्चिम क्षेत्रिय प्रहरी तालिम केन्द्र बुटवल, मध्यपश्चिम क्षेत्रिय तालिम केन्द्र नेपालगञ्ज, सुदुर पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपालय, सवै जिल्ला प्रहरी कार्यलयमा दरखास्त दिन सक्ने प्रधान कार्यालयले जानकारी दिएको छ।
 

७८ पदमध्ये खुलामा २४ जना चयन हुनेछन्। अमर र असक्त प्रहरी परिवारबाट २, आदिवासी जनजातिबाट १०, मधेशीबाट १०, महिलाबाट ७, दलितबाट ५ र पिछडिएका क्षेत्रबाट २ गरी ७८ जना चयन हुनेछन्।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell