PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

प्रतिपक्षीले सदन खुलाउने परिस्थिति बनेको छ : प्रधानमन्त्री



पहिलोपोस्ट

प्रतिपक्षीले सदन खुलाउने परिस्थिति बनेको छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्ताव सम्बन्धी सर्वोच्चको फैसलाले राजनीतिक दलहरुलाई सहमतिका लागि प्रेरित गरेको बताएका छन्।
 
रिपोर्टर्स क्लब नेपालका पदाधिकारीसँग बुधबार बिहान भएको भेटमा प्रधानमन्त्रीले अब छिटै राजनीतिक सहमति जुट्ने दाबी गरे। 'मैले सहमतिका लागि कोसिस गरिरहेको छु। प्रतिपक्षी दलले सदन खुलाउने र मधेसी मोर्चा पनि संविधान संशोधन प्रस्तावको पक्षमा आउने परिस्थिति बनेको छ,' उनले भने।
 
संविधान कार्यान्वयन सरकारको मुख्य प्राथमिकता रहेकोमा जोड दिँदै प्रधानमन्त्रीले देश नै ध्रुवीकरणमा जाने खतरा देखेपछि आफूले प्रधानमन्त्री स्वीकार गरेको बताए। 'म प्रधानमन्त्री हुँदा नै मधेसी, थारु, जनजाति, कांग्रेस, एमालेलाई पनि सहमतिमा ल्याउन सकिन्छ भन्ने देखेको थिएँ। हिमाल, पहाड र तराईलाई एकतावद्ध गर्ने मेरो संकल्प छिटै पूरा हुन्छ,' उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell