PahiloPost

May 14, 2025 | १ जेठ २०८२

देउवालाई नेपालको सुझाव- 'प्रचण्डको तमासा हेरेर बस्ने होइन, रोक्नुस् उहाँलाई'



पहिलोपोस्ट

देउवालाई नेपालको सुझाव- 'प्रचण्डको तमासा हेरेर बस्ने होइन, रोक्नुस् उहाँलाई'

काठमाडौं : नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रचण्डको जस्तै गल्ती नगर्न कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्। संविधान संशोधन प्रस्ताव फिर्ता वा स्थगन गर्नुपर्ने नेता नेपालको धारणा थियो। उनले पाँच नंम्बर प्रदेशको सीमाङ्कन हेरफेर गरेर प्रचण्डले गल्ती गरेको बताए।
 
प्रेस चौतारी नेपालले आज राजधानीमा गरेको अन्तरसंवादमा बोल्दै नेता नेपालले बुद्धि पुर्‍याउन र सोचेर निर्णय लिन पनि देउवालाई आह्वान गरे। 


म नेपाली कांग्रेसका नेता शेरबहादुरजीलाई भन्न चाहान्छु – यस्तै यस्तै झमेलामा देशलाई पुर्‍याउने काम नगर्नुस्। कमसेकम तपाईँ समयमा बुद्धि पुर्‍याउनुस्। तपाईँ त पाको व्यक्ति। धेरैपटक प्रधानमन्त्री भएको व्यक्ति। देश विदेश घुमेको मान्छे। यी सबै खालका चुनौतीको सामाना कसरी गर्नुपर्दछ भनेर तपाईँलाइ थाहा छ।

त्यसो भएको हुनाले कम अनुभवन भएका पुष्पकमल दाहालजीले गल्ती नै गरिहाल्नुभयो भनेर तपाँइले तमासा हेर्ने होइन। सच्याउनुस्, सुधार गरेर अगाडि बढ्नुहोस्। रोक्नुस्, उहाँलाइ। उहाँ के डरले, के त्रासले, के प्रतिबद्धताले, कुन दबाबले यस्तो काम गर्दै हुनुहुन्छ! उहाँलाइ ढाडस दिनुहोस्।

हामी बुझ्छौँ। साथ दिन्छौँ। जसलाइ एमालेको सहयोग चाहिन्छ एमाले हात अगाडि सार्न तयार छ। एमाओवादीले सहयोग लिन्छ हामी तयार हामी तयार छौँ। नेपाली कांग्रेसले सहयोग लिन्छ, हामी तयार छौँ। दुई वटाले मिलेर नयाँ ढंगले जाउँ भन्छ त्यसको निम्ति पनि हामी तयार छौँ। 

 
कांग्रेस-माओवादीलाई सहयोग गर्न तथा मिलेर जान एमाले तयार रहेको भन्दै नेपालले प्रचण्ड कसैको दबाब र प्रभावमा परेकाले ढाडस दिन पनि देउवालाई आग्रह गरे। उनले भने, 'प्रचण्डले गल्ती गरे भनेर तमासा हेर्ने होइन रोक्नुस् उहाँलाई।'
 
संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव थाती वा फिर्ता लिएर जान सकिने भन्दै उनले अब निर्वाचनमै अघि बढ्नुपर्ने भनाइ राखे। ५ नम्बर प्रदेशको सवालमा गलत कदम चालिएको नेता नेपालको टिप्पणी थियो। उनले सर्वोच्च अदालतले प्रदेशको सीमाङ्कन हेरफेरको विषयमा दिएको आदेशले देशलाई दुर्घटनामा पर्नबाट रोकेको बताए।

'पाँच नंम्बरको कदम देशलाई अर्को दुर्घटनामा र चक्रव्यूहमा देशलाइ पार्ने प्रयत्न मात्र हो', उनले भने, 'प्रचण्डको यो कदम देशको जनभावना विपरित छ। गलत छ । बेठिक छ।'

आफू विभिन्न तराईका जिल्ला भ्रमणमा गएको उल्लेख गर्दै नेता नेपालले फलाना व्यक्तिले भनेको भन्दैमा सिङ्गो समुदायको माग भनेर नबुझ्न आग्रह गरे।

'म रौतहटको धर्तीपुत्र हुँ। माधवकुमार नेपालले भनेको नहुने, जसको जन्म मधेसमै भएको छैन उसको भनाइ लागू हुने कहीँ हुन्छ?' उनले प्रश्न गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell