PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

भारतीय मिडियाको दाबी : युएई सरकारले दाउदको १ खर्ब सम्पत्ति जफत गर्‍यो



पहिलोपोस्ट

भारतीय मिडियाको दाबी : युएई सरकारले दाउदको १ खर्ब सम्पत्ति जफत गर्‍यो

युएई सरकारले डी कम्पनिका प्रमुख दाउद इब्राहिमको १ खर्ब ५० अर्ब बराबरको सम्पत्ति जफत गरेको छ। सन् १९९३ मा मुम्बईमा भएको बम हमलाका योजनाकार मानिएका दाउदले युएईमा होटल, सपिङमल, हाउजिङमा लगानी गरेको भारतले दाबी गर्दै आएको छ।
 
एबीपीन्युजका अनुसार भारतीय राष्ट्रिय सल्लाहकार अजित डोवालको युएई भ्रमणमा उनले दाउदको सम्पत्ति जफत गर्न आग्रह गरेका थिए।
 
गत वर्ष भारतका प्रधानमन्त्री नरेन्द्र मोदी युएई भ्रमणमा जाँदा दुबईमा रहेको दाउदको सम्पत्तिको सूची युएई सरकारलाई बुझाएको थियो। भारतको सूची अनुसार युएई सरकारले जाँच गरेर फेला परेको सम्पत्ति जफत गरेको दाबी गरिएको छ।
 
मुम्बई हमलामा भारतले उनलाई मोस्ट वान्टेड सूचीमा राखेर खोजी गरे पनि फेला पार्न सकेको छैन।

आपराधिक समूह डी कम्पनिका मुखिया दाउद पाकिस्तानमा लुकेर बसेको भारतीय पक्षले दाबी गर्ने गरेको छ भने पाकिस्तानले अस्विकार गर्दै आएको छ। दाउदको दुस्नम छोटा राजनलाई भारत सरकारले पक्राउ गरिसकेको छ।
 
 
 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell