
काठमाडौं : सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा रहेको कपास उद्योगमा आगलागी भएको छ।
तीनकुने चोकमा रहेको उद्योगमा लागेको आगोबाट सम्पूर्ण कपास नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। दुई वटा गाडीमा गएका प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने कार्य जारी छ। मेसिनहरुमा पनि क्षति पुगेकाले यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।