PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

फिलिपिन्सको जेलमा सशस्त्र लडाकुको आक्रमण : १५८ कैदी भगाइयो, ७ जनाको मृत्यु



पहिलोपोस्ट

फिलिपिन्सको जेलमा सशस्त्र लडाकुको आक्रमण : १५८ कैदी भगाइयो, ७ जनाको मृत्यु

किडापवन (फिलिपिन्स) : फिलिपिन्सको दक्षिणमा अवस्थित किडापवन सहरको जेलमा बुधबार आक्रमण गरी एक अज्ञात समूहले जेलका १५८ कैदीलाई भगाएको फिलिपिनी अधिकारीले बताएका छन्।
 
सरकारी अधिकारीले घटनामा फिलिपिन्सको इस्लामिक स्टेट (आइएस) समूहसँग आबद्ध रहेको मुसलमान विद्रोहीको हात रहेको हुन सक्ने बताएका छन्।
 
राति १ बजेको समयमा करिब एक सय जना सशस्त्र लडाकूले जेलमा एक्कासि आक्रमण गरेपछि दुई घन्टासम्म गोली हानाहान चलेको र केही कैदी विद्रोहीसहित १५८ जना अन्य कैदीलाई उनीहरुले भगाएको जेल प्रशासनले जनाएको छ।
 
विद्रोहीले आफ्ना लडाकूलाई रिहा गर्न आक्रमण गरेको हुन सक्ने भएपनि यसबारे अनुसन्धान जारी रहेको जेल प्रमुख पिटर जोन बोङ्गटले बताए।
 
जेलमा एक हजार ५११ जना कैदी रहेकोमा बाँकी कैदी भने भाग्न अस्वीकार गरेका थिए।
 
घटनामा एक जना जेलका गार्ड र ६ जना विद्रोहीको मृत्यु भएको छ।रासस/एएफपी
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell