PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

कालिमाटीमा बन्दकर्ता र प्रहरीबीच झडप, हेर्नुस् २६ फोटोमा

कालिमाटीमा बन्दकर्ता र प्रहरीबीच झडप, हेर्नुस् २६ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : उपत्यका बन्द गराउँदै हिँडेका प्रदर्शनकारी र प्रहरीबीच कालिमाटीमा झडप भएको छ। माइकिङ गर्दै हिँडेका प्रदर्शनकारी र प्रहरीबीच कालिमाटीको सालिकमा झडप भएको हो। सो क्रममा केही प्रदर्शनकारी पक्राउ परेका छन्।
 
असनबाट किलागल-वसन्तपुर हुँदै बन्दकर्ताहरु कालिमाटी निस्किएका थिए।
 
बन्दका कारण आज उपत्यकाको जनजीवन प्रभावित बनेको छ। मुआब्जा नदिई सडक विस्तार गरिएको र विस्थापितहरुको पुनर्स्थापना नगरिएको लगायत माग राखी काठमाडौं उपत्यकावासी सडक संघर्ष समितिले आज उपत्यकाभर बन्दको आह्वान गरेको छ।
 
बिहानैदेखि बन्द गरिएकाले सडकमा सार्वजनिक सवारीसाधन कम चलेका छन्। मोटरसाइकल सहितका निजी सवारीसाधन, टेम्पो र साना सवारी फाट्टफुट्ट गुडेका छन्। बन्दको प्रभाव सामान्य परेको छ। महानगरीय प्रहरी परिसरका निमित्त प्रमुख प्रधुम्न कार्कीले सुरक्षा व्यवस्था कडा बनाइएकाले निर्धक्क भएर सवारी चलाउन आह्वान गरेका छन्। उपत्यकाभित्रका विभिन्न ठाउँमा संघर्ष समिति गठन गरी बन्दको कार्यक्रम सार्वजनिक गरिएको हो।
 
उपत्यका बन्द गराउदै हिँडेका ७५ भन्दा बढी बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कालिमाटीसहित गौशाला, बौद्ध, महाराजगन्ज, टोखा, कलंकी, गोकर्ण, जोरपाटी, न्युरोड जाउलाखेल लगायतका स्थानबाट बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो।


ट्रेन्डिङ पोस्ट

Ncell