PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​कलंकीमा फेला पर्यो ३ लाख मुल्यको हेरोइन,तीन जना पक्राउ



पहिलोपोस्ट

​कलंकीमा फेला पर्यो ३ लाख मुल्यको हेरोइन,तीन जना पक्राउ

काठमाडौं : लागुऔषध अनुसन्धान ब्युरोले लागुऔषध बजारमा ३ लाख बढी मुल्यपर्ने ५० ग्राम हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ


कालो प्ष्टिकमा पोको पारेर काठमाडौं भित्र्याएको हेरोइन सहित प्रहरीले बारा कलैयाका मनिष साह सोनार, झापाका सुमेर विश्व पौडेल र दिलिप साहीलाई पक्राउ गरेको हो । 

भारतबाट हेरोइन लिएर काठमाडौं आउदै गरेको सूचनाको आधारमा ब्युरोको टोलीले कंलकीमा यात्रुबाहक बसमा निगरानी बढाएको थियो । सोही आधारमा यी तीन जना पक्राउ परेका हुन् । 


नेपालमा बरामद हुने खैराे हेराेइनको मुख्य स्राेत भारतनै हो । भारतमा बन्ने न्युन गुणस्तरको हेरोइन नेपाल आउने गरेको छ।
उच्चगुणस्तरको खैरो र सेतो हेराेइन समेत नेपालमा फेला पर्ने गरेका छन् । ती नेपालमा फेला परे पनि लक्षित बजार भने नेपाल हैन । हवाई मार्गको प्रयोग गरी तेस्रो देश पूर्‌‍याउन कारोवारीले नेपालमा उच्च गुणस्तरको खैरो र सेतो हेराेइन नेपाल भित्र्याउने गरेको ब्युरोको अनुसन्धानमा खुलेको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell