PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

कोपा डेल रे : एथ्लेटिको मड्रिडको जित, भ्यालेन्सिया हार्‌यो सेल्टा भिगोसँग



पहिलोपोस्ट

कोपा डेल रे : एथ्लेटिको मड्रिडको जित, भ्यालेन्सिया हार्‌यो सेल्टा भिगोसँग

स्पानिस कोपा डेल रे अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा एथ्लेटिकोले जित हात पार्दा भ्यालेन्सिया भने सेल्टाभिगोसँग पराजित भएको छ। 

एथ्लेटिकोले लस पलमसलाई उसैको मैदानमा २-० ले पराजित गरेको हो। एथ्लेटिकोलाई क्वाटरफाइनलको नजिक पुर्‌याउन कोके र एन्टोनी ग्रिजमनले १/१ गोल गरे। कोकेले २४ औं र ग्रिजमनले ५१ औं मिनेटमा गोल गरे।

यता ला लिगामा यस सिजन खराब प्रदर्शन गरिरहेको भ्यालेन्सिया भने सेल्टाभिगोसँग ४-१ ले पराजित भएको छ। सेल्टाको जितमा इआगो असपास, ड्यानियल वास र जोन गुएडेट्टीले १/१ गोल गरे। भ्यालेनिसयाका ज्याभिएर जिमिनेजले एक आत्मघाती गोल उपहार दिए। ड्यानिएल परेजोले भ्यालेन्सियाका लागि सान्त्वना गोल फर्काए।

अन्तिम १६ को पहिलो लेगको अन्य खेलमा आइबरले ओसासुनालाई ३-० ले हराउँदा डेपोर्टिभा ला कुराना र अलाभेसले २-२ गोलको बराबरी खेलेका छन्।

अन्तिम १६ को पहिलो लेग अन्तर्गत नै आज रियल सोसिडाड र भियारियल तथा अल्कोकोन र कोर्डोबाबीचको खेल हुनेछ। यस्तै ला लिगा लिडर रियल मड्रिडले सेभियासँग घरेलु मैदान सान्टियागो बर्नाबेउमा प्रतिस्पर्धा गर्दैछ।

बार्सिलोना र एथ्लेटिको विल्वाओकोबीचको खेल भने बिहिबार हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell