PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

चापाकोएन्सले नयाँ सिजनको लागि २० खेलाडी अनुबन्ध गर्ने



पहिलोपोस्ट

चापाकोएन्सले नयाँ सिजनको लागि २० खेलाडी अनुबन्ध गर्ने

ब्राजिलियन उच्च श्रेणीको क्लब चापाकोएनसले नयाँ सिजनको लागि करिब २० खेलाडी क्लब भित्र्याउने भएको छ।

गत नोभेम्वरमा कोपासुडमेरिका कपको फाइनल खेल्न कोलम्बिया जाने क्रममा विमान दुर्घटनामा १९ खेलाडीसहित कोचिङ स्टाफहरुको मृत्यु भएपछि चापाकोएन्सले एकै पटक धेरै खेलाडी क्लबमा अनुबन्ध गर्न लागेको हो। दुर्घटनापछि चापाकोएन्सलाई कोपासुडअमेरिकाको उपाधि प्रदान गरिएको थियो।

क्लबका फुटबल डिरेक्टर रुइ कोस्टाले दुर्घटनामा बाँच्न सफल दुई खेलाडीको जसी नम्वर कसैलाई नदिने पनि बताएका छन्। ती दुई खेलाडी पुनः मैदानमा फर्कन सक्ने आश गरिएको छ। 

एथ्लेटिको मिनेइरोसँग पहिलो लेगको फाइनल खेल्न जाँदा चापाकोएन्सका सबै अधिकाँश सिनियर खेलाडीले ज्यान गुमाएका थिए। त्यसमध्ये सेन्टरब्याक नेटो र फुलब्याक एलान रुचेल भने बाँच्न सफल भएका थिए। यस्तै रिजर्भ गोलरक्षक ज्याकसन फुलमनको खुट्टा काटिएको छ।

विमान दुर्घटनापछि चापाकोएन्सलाई राइभल क्लबहरुले लोनमा खेलाडी उपलब्ध गराउने बताउँदै आएको छ।

'कुनै पनि खेलाडीले यस सिजन नेटो, रुचेल र फुलमनले लगाएको जर्सी लगाउने छैनन्।' डिरेक्टर कोस्टाले भने। कोस्टाले जनवरीमा नयाँ सिजन सुरु हुनु अघि १८ देखि २० नयाँ खेलाडी अनुबन्ध गर्ने बताए। चापाकोएन्सले क्रुजेइरोबाट सेन्टरब्याक डगलस ग्रोलीलाई पहिलो खेलाडीको रुपमा मंगलबार क्लबमा अनुबन्ध गरेको छ।

जनवरी २६ बाट ब्राजिलको लिग सुरु हुँदैछ र चापाकोएन्सले पहिलो खेलमा जोनभिलेसँग खेल्नेछ।

चापाकोएन्सले नयाँ खेलाडी, जुनियर खेलाडी र केही बाँकी खेलाडीको टीम बनाएर आगामी शुक्रबार देखि प्रि सिजन ट्रेनिङ सुरु गर्दैछ। 
चापाकोएन्सले ११ औं स्थानमा रहँदै सन् २०१६ को लिग टुंग्याएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell