PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

गोपाल किराँतीको आरोप- 'एमाले सङ्घीयता खारेज गर्ने खेलमा छ'



पहिलोपोस्ट

गोपाल किराँतीको आरोप- 'एमाले सङ्घीयता खारेज गर्ने खेलमा छ'

सोलुखुम्बु : नेकपा (माओवादी केन्द्र) प्रदेश नं– १ का इन्चार्ज तथा सचिवालय सदस्य गोपाल किराँतीले नेकपा (एमाले) सङ्घीयता खारेज गर्ने खेलमा लागेको आरोप लगाएका छन्।
 
नेकपा (माओवादी केन्द्र) सोलुखुम्बुको एकदिने प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै नेता किराँतीले संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकको विरुद्धमा एमाले उठ्नु भनेको सङ्घीयतासँगै संविधान नै खारेज गर्ने खेल भएको बताए।

पूर्वमन्त्री समेत रहेका किराँतीले संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित गराउने भन्दै एमालेलाई सहमतिमा आई मधेसवासीको मुद्दालाई हल गर्न आग्रह गरे। संशोधन गरी सङ्घीयता तथा संविधान कार्यान्वयनसँगै नयाँ संरचनाअनुसार नै स्थानीय निकायको निर्वाचन गराउने पनि नेता किराँतीले बताए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell