PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

राजनीतिलाई भ्रष्टाचारबाट मुक्त गर्ने सूत्र मसँग छ : बाबुराम भट्टराई



पहिलोपोस्ट

राजनीतिलाई भ्रष्टाचारबाट मुक्त गर्ने सूत्र मसँग छ : बाबुराम भट्टराई

पोखरा : नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले अहिले पनि राजनीतिक दल कुर्सीका  लागि झगडा गरिरहेको आरोप लगाएका छन्।
 
नयाँ शक्ति पार्टी नेपाल कास्कीको आयोजनामा आजदेखि सुरु भएको 'घरघरमा नयाँ शक्ति ६ महिने अभियान उद्घाटन तथा राजनीतिक ध्रुवीकरण’ विषयक कार्यक्रमलाई लेखनाथ नगरपालिकाको विद्युत्गृहमा सम्बोधन गर्दै उनले संविधान संशोधन गरी मधेसी तथा जनजातिका माग सम्बोधन गर्न आग्रह गरे। स्थानीय तहको निर्वाचन गर्ने बेलामा को कुर्चीमा बस्ने भन्नेमा कुरो मिल्न नसक्दा देशको राजनीति अस्थिर बन्दै गएको उनको भनाइ छ।
 
नेपालको राजनीतिलाई भ्रष्टाचारबाट मुक्त गर्ने सूत्र आफूहरुले पत्ता लगाएको दाबी गर्दै उनले निर्वाचित राष्ट्रपति प्रणालीको शासन लागू गर्ने अभियानका नयाँ शक्ति पार्टी लागेको बताए।
 
पुराना राजनीतिक दल रातारात करोडपति बन्न कुदिरहेकाले तिनीहरुबाट देशको आर्थिक समृद्धि हुने कुनै सम्भावना नभएको उनको तर्क छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell