
काठमाडौं : एनसेलबाट आउने रातो नम्बरको फोन उठाए ज्यानै जाने अफवाह फैलाएको आरोपमा एक जना पक्राउ परेका छन् । रातो नम्बरबाट कल आए लगत्तै फोन उठाए ज्यान जाने भन्दै अफवाह फैलाएको आरोपमा प्राशना पाण्डे पक्राउ परेकी हुन्।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो। उनी गायिका समेत हुन्। उनले गाजलु आँखा देखेर भुतुक्कै बोलको गीत गाएकी छिन् ।
रातो नम्बरको अफवाह भाइरल भएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो। प्रारम्भिक अनुसन्धानमा फोटोसपबाट बनाएर अातंक फैलाएको निष्कर्ष निकालेको थियो। अनुसन्धानका लागि प्रशन्नालाई नियन्त्रणमा लिएको ब्युरोका प्रमुख नवराज सिलवालले जानकारी दिए ।
गायिका प्राशनाले आफ्नो मोबाइलमा रातो नम्बरबाट फोन आएको र डरलागेको भन्दै आफ्नो फेसबुक पेजमा तस्विर नै राखेकी थिइन्। उनले फेसबुकमा लेखेकी थिइन्' Oh My God Got a call from this red Number ??? what is this,B careful'
सामाजिक सञ्जालमा रातो नम्बरबारे अफवाह फैलिएपछि विभिन्न ट्रोलसमेत बनेका थिए। ग्रामीण तहमा यसले आतंक फैलिएपछि एनसेलले विज्ञप्तिमार्फत् साे हल्ला मात्रै रहेको बताएको थियो।