PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

आफ्नै परिवारका १२ जनाको हत्या गरी भारतमा एक पुरुषले गरे आत्महत्या



पहिलोपोस्ट

आफ्नै परिवारका १२ जनाको हत्या गरी भारतमा एक पुरुषले गरे आत्महत्या

उत्तर प्रदेश (भारत) : भारतको उत्तर प्रदेशस्थित अमेथी जिल्लामा एक पुरुषले परिवारका १२ जनाको हत्या गरी आत्महत्या गरेका छन्। सबैलाई विषादी सेवन गराई लठ्याएपछि धारिलो हतियार प्रयोग गरी उनले हत्या गरेका थिए।
 
महनोशा क्षेत्रमा भएको उत्तर घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक प्रहरी अनुसन्धानबाट ४५ वर्षीय जमालुले पहिले परिवारका सम्पूर्ण सदस्यलाई विषादी खुवाई धारिलो हतियारको सहायताले हत्या गरेको प्रहरी उपरीक्षक सन्तोषकुमार सिंहले बताए। परिवारका सदस्यहरुको हत्यापश्चात् जमालुले झुन्डिएर आत्महत्या गरको हुन सक्ने बताइएको छ।
 
घटनापछि परिवारकै दुई जनालाई स्थानीय एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। उनीहरुको अवस्था गम्भीर रहेको छ।रासस/पीटीआई
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell