PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

ब्लाइण्ड क्रिकेट वर्ल्ड कप खेल्ने नेपाली टोलीको घोषणा



पहिलोपोस्ट

ब्लाइण्ड क्रिकेट वर्ल्ड कप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं : यही जनवरी अन्त्यबाट भारतमा हुने नेत्रहिन क्रिकेट विश्वकपमा सहभागी हुने १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ। क्रिकेट एशोसिएसन अफ ब्लाइण्ड नेपालले १४ खेलाडीसहित ६ जना अफिसियलहरूको घोषणा गरेको हो।

जनवरी ३१ बाट फेब्रुअरी १२ सम्म चल्ने विश्वकपमा नेपाल र आयोजक भारतसहित कूल १० टीमको सहभागिता रहनेछ। नेपालले फस्ट राउण्ड अन्तर्गत जनवरी ३१ मा दिल्ली क्रिकेट ग्राउण्डमा अष्ट्रेलियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

ब्लाइण्ड विश्वकपमा नेपाल र भारतसँगै अष्ट्रेलिया, पाकिस्तान, इंगल्याण्ड, श्रीलंका, दक्षिण अफ्रिका, वेस्ट इन्डिज न्युजिल्याण्ड र बंगलादेश सहभागिता रहनेछ। लिगकम नकआउटका अधारमा खेलाइने प्रतियोगितामा  सेमिफाइनल र फाइनलसहित कूल ४८ खेल खेलाइनेछ।

भारतीय क्रिकेट टीमका पूर्व कप्तान राहुल द्रविड यस टुर्नामेन्टका ब्राण्ड एम्बासडर हुन्।
 
नेपालले यसअघि सन् २०१२ मा भारतको बैंगलोरमा भएको पहिलो संस्करणको ब्लाइण्ड क्रिकेट वर्ल्ड कपमा पनि प्रतिस्पर्धा गरेको थियो।
 
नेपाली टीम : विक्रमबहादुर राना, सुनील सुवेदी छेत्री, जीवन गुरुङ, अब्दुल जाहिद, भरत चौलागाईं, दुर्गादत्त पौडेल, शोभराम डाँगी, सुनील राना, बद्री चौलागाईं, कृतन श्रेष्ठ दुवाल, सुनील थापामगर, मेशबहादुर बानियाँ, शंकर रेग्मी, पदम बडेला
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell