PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

रातो नम्बरबारे अफवाह फैलाउने गायक-गायिका मुक्त : माफी मागेकाले सचेत गराएर छाड्यौँ : प्रहरी



सविन ढकाल

रातो नम्बरबारे अफवाह फैलाउने गायक-गायिका मुक्त : माफी मागेकाले सचेत गराएर छाड्यौँ : प्रहरी

काठमाडौँ : रातो नम्बरबाट फोन आउने, उठाउने बित्तिकै मरिहाल्ने। फलानो जिल्लामा कति जना त मरिसके। केही दिनदेखि यस्तो हल्ला नेपालमा फैलिरहेको छ। फेसबुकलगायतका सामाजिक सञ्जालमा फैलिएको यस्तो हल्लाले आतंककै रुप लिएपछि प्रहरीले अनुसन्धान शुरु गर्‍यो।

अनुसन्धानमा अफवाह फैलाउन गायिका प्राशना पाण्डे र गायक दीपक बराइली स‌ंलग्न देखिएपछि बुधबार दुबैलाई प्रहरीले पक्राउ गर्यो । ब्युरोेले पक्राउ गरेर महाराजगञ्जमा रहेको कार्यालयमा उनीहरुलाई एक रात राखेको थियो। बुधबार दुबैले गल्ति स्विकार गर्दै 'आइन्दा यस्तो गल्ती गर्दिन' भन्ने कागज गरेपछि ब्युरोले उनीहरुलाई आफन्तको जिम्मा लगाएर मुक्त गरेको छ।

' गल्ती भयो भनेर माफी मागेकाले एकपटकलाई सचेत गराई छोडेका छौ' ब्युरो प्रवक्ता मीरा चौधरीले भनिन्।

ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले रातो नम्बरबाट आएको फोन उठाए मान्छे मर्ने कुरामा कुनै सत्यता नभएको र कसैको मृत्यु समेत नभएको बताउँदै अफवाह फैलाउने ब्युरोको निगरानीमा रहेको बताए।

ब्युरोले बुधबार पत्रकार सम्मेलन गरेर रातो नम्बर देखिने गरी कल आउने कसरी बनाउन सकिन्छ भन्ने विस्तृत जानकारी समेत दिएको थियो।

गुगल प्ले स्टोरमा रहेका एपहरु इन्स्टल गरी फोन आउने नम्बरको रङ्ग रातो बनाउन सकिने जानकारी दिइयो। यस्तै एउटा एप रहेको छ Color fonts for FlipFont #1 यसलाई इन्स्टल गरी मोबाइलको सेटिङमा गएर ‘डिस्प्ले’ सेटिङमा गएर ‘फन्ट स्टाइल’मा गएर रेड कलर छनोट गरेपछि आएका कलको नम्बर रातो भएको प्रयोगै गरी पत्रकार सम्मेलनमा देखाइयो।

पक्राउ परेका दीपकले आफूले मोबाइल चलाउँदा चलाउँदै एउटा अनौठो एप आएको र त्यसलाई फलो गर्दागदै रातो नम्बर जाने गरेको बताएका छन्। आफूले नजान्दा जान्दै गल्ती गरेकोमा त्यसको जेसुकै सजाय दिए पनि भोग्न तयार भएको बताए। गायिका पाण्डेले भने आफूलाई रातो नम्बरबाट कल आएको र अरुलाई सचेत हुन फेसबुकमा पोस्ट गरेको स्वीकारिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell