PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

कर्णसिंह सोनाम स्मृति मेमोरियल क्लब फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा



पहिलोपोस्ट

पाँचथर : पाँचथरको फिदिममा जारी आठौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विजयी हुँदै कर्णसिंह सोनाम स्मृति मेमोरियल क्लब ताप्लेजुङ सेमिफाइनल प्रवेश गरेको छ।
 
अन्तिम क्वाटरफाइनल खेलमा चर्च ब्वाइज काठमाडौँलाई ६-१ को फराकिलो गोलअन्तरले पराजित गर्दै ताप्लेजुङले अन्तिम चारको यात्रा तय गरेको हो।
 
ताप्लेजुङलाई जिताउन सेगुन इएटायोले ४१ औं, ४६औँ र ७८ औँ मिनेटमा गोल गर्दे ह्याट्रिक गरेका थिए। यस्तै सुनिल बलले ५३ औं मिनेटमा र  इन्जुरी समयमा गरेर दुई गोल र निराजन खड्काले ३८ औँ मिनेटमा गोल गरेका थिए।
 
ब्वाइज युनियनकातर्फबाट अजय मार्टिकले १३ औं मिनेटमा एक गोल गरेका थिए।
 
प्रतियोगिताअन्तर्गत बिहीबार पहिलो सेमिफाइनलमा आयोजक फिदिम स्पोटिङ क्लब फिदिम र बिर्ता युनाइटेड क्लब झापाबीच प्रतिस्पर्धा हुनेछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell