
भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीले सिमित ओभरको क्रिकेट कप्तानबाट राजिनामा दिएका छन्।
धोनीले बिसीसीआईलाई वान डे र टी २० फर्म्याटको कप्तानी पदबाट पछि हट्ने जानकारी गराएका छन्। धोनीले भारतका लागि १९९ वान डे र ७२ टी २० मा कप्तानी गरेका थिए।
३५ वर्षे धोनीले सन् २००४ मा बंगलादेश विरुद्ध डेब्यु गरेयता भारतका लागि २८३ वान डे र ३२ टी २० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्।BREAKING: @msdhoni has stood down as India ODI and T20I captain. He captained India in 199 ODIs and 72 T20Is. pic.twitter.com/ncaXSG46WM
— ICC (@ICC) January 4, 2017
कप्तानबाट राजिनामा दिएपनि यही जनवरीमा इंगलयाण्ड विरुद्ध हुने वान डे र टी २० क्रिकेटका लागि भने धोनी उपलब्ध हुनेछन्।
धोनीले कप्तानी पद छाडेसँगै बिसीसीआईका सिइओ राहुल जोहरीले भने, 'सबै भारतिय क्रिकेट फ्यान र बिसीसीआईको तर्फबाट म एमएस धोनीलाई उनले सबै फर्म्याटमा आफ्नो कप्तानीबाट दिएको उत्कृष्ट योगदानको लागि धनयवाद दिन चाहन्छु। उनको नेतृत्वमा भारतिय क्रिकेट टीमले नयाँ उचाई हासिल गर्यो र उनको अचिभमेन्ट्स भारतिय क्रिकेटमा सँधै रहिरहनेछ।'