PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

सेञ्चुरी बैंक नौ करोड घोटालामा तीन जना पक्राउ, तत्कालिन शाखा प्रमुख फरार



पहिलोपोस्ट

सेञ्चुरी बैंक नौ करोड घोटालामा तीन जना पक्राउ, तत्कालिन शाखा प्रमुख फरार

इटहरी  : धरानस्थित सेञ्चुरी बैंकको शाखा कार्यालयमा कीर्ते कागज बनाई करोडौँ रकम घोटाला गर्नेलाई प्रहरीले पक्राउ गर्न थालेको छ । एक वर्षअघिदेखि उक्त बैंक घोटाला प्रकरण चर्चामा रहँदै आएको थियो ।
 
सेञ्चुरी बैंक शाखा धरानले बैंक घोटालाका सम्बन्धमा दिएको लिखित उजुरीपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन अगाडि बढाउन निर्देशन दिएलगत्तै धरान प्रहरीले घोटालामा संलग्नमध्ये तीनलाई पक्राउ गरिसकेको बताएको छ । 
 
पक्राउ पर्नेमा बैंकका सुन जाँचकी पदमा कार्यरत कुमार श्रेष्ठ र ऋणी सञ्जयकुमार राई र विशन शाक्य रहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
 
कीर्ते कागजबाट नौ करोडभन्दा बढी रकम घोटाला गरिएको बताइन्छ ।
 
बैंकका सञ्चालकको लिखित जाहेरीमा तत्कालीन सुन जाँचकी श्रेष्ठ र ऋणी दुवैलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
 
तल्लोस्तरका कर्मचारीले मात्रै करोडौँ घोटाला गर्न सम्भव नरहेको निष्कर्षनिकाल्दै इप्रका धरानले सिबीआइको सहयोग मागेको थियो ।
सिबीआइले राष्ट्र बैंककै विज्ञको सहयोगमा छानबिन र कारबाही अघि बढाउन आदेश दिएपछि धरान प्रहरीले तत्कालीन शाखा प्रमुख निखिल श्रेष्ठ, सुन जाँचकी श्रेष्ठ, ऋणी राई र शाक्य लगायतलाई नियन्त्रणमा लिनुपर्ने रायअनुसार तीन जनालाई पक्राउ गरेको हो । 
 
निखिल श्रेष्ठबाहेक सबै पक्राउ गरिसकेको र निखिलको खोजी शुरु गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक खतिवडाले जानकारी दिए ।
 
ऋणी राई धरान–९ स्थित पुतलीलाइनमा रहेको इम्मानुयल ज्वेलर्सका सञ्चालक हुन् भने शाक्य धरानका सुनचाँदी व्यवसायी हुन् ।
 
सुन कर्जामा गरिएको लगानीमा बिनाधितो नक्कली कागजात बनाएर झन्डै नौ करोडभन्दा बढी घोटाला गरेको स्वयम् बैंक शाखाले दिएको उजुरीमा उल्लेख छ । 
 रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell